आवश्यक सामाग्री :
1. अण्डा - ६ वटा
2. आलु - २५० ग्राम
3. प्याज - २
वटा (लामो चाना आकारमा काटेको)
4. धनियाँ - आवश्यकता अनुसार
(मसिनो गरी काटेको)
5. तेल - १ कप
6. मिटमसला - स्वाद अनुसार
7. लसुन, खुर्सानी - स्वाद अनुसार (पिसेको)
8. नुन - स्वाद अनुसार
बिधी :
1. अण्डालाई र आलुलाई उसिन्ने । पाकेपछि आलु र अण्डाका बोक्रा छोडाउने ।
2. आलुको एउटा दाना ४ भाग हुने तरिकाले काट्ने र अण्डाको पनि बिचमा चिरेर
रानी निकालेर बाँकीलाई
मसिना टुक्रा बनाउने ।
3. अब त्यसमा नुन, मसला, लसुन, खुर्सानी हालेर मोल्ने।
4. तेल तताउने र प्याज खैरो हुने गरि भुट्ने ।
5. अब अघि ठिक पारेको आलु र अण्डाको मिश्रणलाई उक्त कराहीमा हालेर
पकाउने ।
अब अण्डालु तयार भयो ।